काठमाडौँमा पुष्प मेला आयोजना हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँमा पुष्प मेला आयोजना हुँदै

flora expo

काठमाडौं, २७ चैत । यही चैत ३० गतेबाट काठमाडौँमा पुष्प मेलाको आयोजना हुने भएको छ । पुष्प व्यवसायीहरुको छाता संगठन फ्लोरिकल्चर एशोसिएशन नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैशाख ३ गतेसम्म पुष्प मेलाको आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

‘आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ एक्स्पो आयोजना गर्न लागिएको एशोसिएसनका उपाध्यक्ष एवम् एक्स्पो आयोजक समितिका संयोजक रामजीप्रसाद तिमिल्सिनाले जानकारी दिए । एक्स्पोमा ८२ वटा स्टल रहनेछन् ।

मेलामा अवलोकनकर्ताले मौसमी फूल, आलंकारिक बोट, विरुवा, ड्राई फ्लावर, कट फ्लावर, सुनाखरी, फूलको गाँनो खरिद गर्न समेत पाउनेछन् । नेपालमा पुष्प व्यवसायमा ४३ हजार व्यवसायी आश्रित रहेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);