उखु किसानलाई दिन बाँकी भुक्तानी १ महिना भित्र दिलाउन संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

उखु किसानलाई दिन बाँकी भुक्तानी १ महिना भित्र दिलाउन संसदीय समितिको निर्देशन

काठमाडौं, २० कार्तिक । संसदीय समितिले रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई नदिएको रकम एक महिना भित्र भुक्तानी हुनेगरी समन्व गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकले श्रीराम सुगर मिल्सबाट उत्पन्न समस्याको समाधान एक महिना भित्र सम्पन्न गरी समितिमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

रौतहटमा रहेको श्रीराम सुगर मिल्सले किसानबाट उखु खरिद गरी करोडौं रुपैयाँ भुक्तानी दिएको छैन् । त्यस्तै आठ दश महिनादेखि उद्योग बन्द भएपछि मजदुरहरुले समेत पारिश्रमिक पाएका छैनन ।

समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उद्योग मन्त्रालयले एक महिना भित्र सबै निकायसँग समन्वय गरी समस्याको निकास दिई समितिलाई जानकारी दिन निर्देशन दिइएको बताउनुभयो ।

श्रीराम सुगर मिल्सले किसानबाट उखु खरिद गरेको भुक्तानी नदिई गत साउन ११ गते सूचना प्रकाशन गरी उद्योग सधैको लागि बन्द भएको जानकारी गराएको थियो । त्यससँगै किसानहरुले पाउनुपर्ने करिब ४१ करोड रुपैयाँ पाउन सकेका छैनन् ।

यस्तै श्रमिक तथा कर्मचारीले पनि ६÷७ महिनाको तलब भत्ता र कर्मचारी सञ्चयकोषमा रहेको करिब ४ करोड रुपैयाँ पाएका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);