समाज सेवाको नाममा विकृति बढाउन सक्रिय गैरसरकारी संघसंस्था बन्द गर्न आवश्यक (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

समाज सेवाको नाममा विकृति बढाउन सक्रिय गैरसरकारी संघसंस्था बन्द गर्न आवश्यक (भिडियाेसहित)

काठमाडौं, २० कार्तिक । नेपालमा ५१ हजार भन्दा बढी संघ संस्था दर्ता हुनु र त्यसको उद्देश्य के भन्ने खोज्न आवश्यक देखिएको छ । सामाजिक संस्थाको नाममा वर्षेनी अरबौं रकम खर्च हुने तर त्यसको परिणाम नदेखिने अवस्था अझै निरन्तर छ । समाजमा विकृति फैलाउने, विग्रह ल्याउने, धर्म प्रचार गर्ने , सामाजिक कामका नाममा राजनीतिक उद्देश्य प्राप्तिको लक्ष्य लिएका संघ संस्थाहरु पनि क्रियाशील हुँदा पनि नियमनकारी निकायले अनुगमन गरेको पाइंदैन ।

समाजसेवाका नाममा विभिन्न तरिकाहरु हुन्छन । वैयक्तिक, सामुहिक र सामुदायिक यी तिन तरिकाबाट समान रुपमा अरुको भलोका लागि सामाजिक, आर्थिक एंव साँस्कृतिक शक्तिको सन्तुलनमा रहेर काम गर्दे आएको समाजसेवी संघ संस्था हाम्रो समाजमा प्रसस्तै भेटिन्छन । अझ २०७२ सालको भुकम्प र कोरोना महामारी पश्चात हामी धेरै संघ संस्थाहरु नेपालमा भित्रिए । तर संघसंस्थाहरु सामाजिक काममा भन्दा पनि संस्थागत काममा बढी केन्द्रित भएको देखिन्छ ।

कतिपय संस्थाहरुले सन्तोषजनक काम गर्न नसकेको समाज कल्याण परिषदको ठम्याई छ । समाज कल्याण परिषदका अनुसार ५ बर्षको अवधिमा नेपालमा झण्डै २ खर्ब भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारीहरुले लगानी गरेको तथ्यांक छ । जसमा आर्थिक वर्ष २०७३÷७४मा ४९ अर्ब ३५ करोड, २०७४/७५ मा ४२ अर्ब ७६ करोड र २०७५/७६ मा ६२ अर्ब ८ रकम खर्च भएको देखिन्छ । गैर सरकारी संघ संस्थाहरुले स्वास्थ्य, शिक्षा तथा खेलकुदमा बढी लगानी गरेको दाबी गरेता पनि यसको नतिजा भने सन्तोषजनक देखिदैन ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको अनुगमन र नियन्त्रणका लागि राज्यले प्रभावकारी नियमन संयन्त्र बनाउनु पर्ने आवश्यकता रहेको छ । गैर सरकारी संस्थाहरु मार्फत नै सामाजिक सेवाका नाममा जनतासँग सञ्जाल बनाउने, धार्मिक प्रचार गर्नेजस्ता काम व्यक्तिगत स्वार्थ पूरा भइरहेको छ । आवश्यक परे समाजमा विकृति बढाइरहेका त्यस्ता संस्था बन्द गर्न आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);