विकास बजेट खर्च गर्न संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विकास बजेट खर्च गर्न संसदीय समितिको निर्देशन

१९ फागुन, काठमाडौं । समयमै विकास बजेट खर्च गर्न सम्बन्धित मन्त्रालयलाई संसदीय समितिले निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको संसदको बिकास समिति बैठकले स्थानीय तथा राष्ट्रियस्तरमा हुने विकास निर्माणको काम प्रभावकारी नभएको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।

बैठकले चालू आर्थिक वर्षको आधा अवधिमा १३ प्रतिशत मात्रै विकास बजेट खर्च हुनु दुखद् भएको भन्दै सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायलाई समयमै विकास निर्माणका लागि छुट्याएको बजेट खर्च गर्न निर्देशन दिएको छ । वर्षभरी खर्च नगर्ने र आर्थिक वर्षको अन्तिममा एकैचोटी धेरै बजेट खर्च गर्न खोज्दा विकासको काम प्रभावकारी नभएको निष्कर्ष समितिको छ ।

समितिले विकास आयोजनाको ठेक्का लिएर काम नगर्ने कम्पनीलाई कारबाही गर्न पनि सम्बिन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय निकाय जनप्रतिनिधि विहिन भएकाले विकास बजेट खर्च गर्न कठिन भएको स्वीकार्दै अफ्नो मन्त्रालयले विकास बजेट बढाउन प्रयास गरिरहेको बताउनुभयो ।

समिति सदस्यहरुले विकास निर्माणको काम प्रभावकारी नहुनुमा एक पक्षको मात्रै भूमिका नभएको धारणा राखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);