सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले केही स्थानीय तहहरुको छनोट गरी स्थलगत अवलोकन अध्ययन भ्रमण गर्न आवश्यक देखिएकाले सोको व्यवस्थापन गर्न स्थानिय बिकास मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले स्थानीय तह पुनर्संरचनापछि निर्वाचन क्षेत्रमा समेत परिवर्तन भएको भन्दै निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट खर्च गर्न अन्योल देखिएको बताएको छ। समितिले त्यस्तो अन्योल हटाउन १५ दिनभित्र काम गरिसक्न पनि निर्देशन दिएको छ ।
बैठकमा उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नयाँ संरचनाअनुसार बनेका स्थानीय तहको केन्द्र बैशाख ३१ गतेको निर्वाचनपछि मात्रै परिवर्तन हुने बताउनुभयो । समितिले स्थानीय तहको कार्य प्रारम्भ गर्ने क्रममा तथा आगामी दिनमा कार्य सञ्चालनका लागि कुनै किसिमबाट आर्थिक अभाव हुन नदिने व्यवस्था मिलाउन पनि अर्थ मन्त्रालयलाई निर्देश गरेको छ ।




