जलवायुजन्य विपद् न्यूनीकरण तथा क्षतिपुरणका लागि आवश्यक नीति तर्जुमा गर्न सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जलवायुजन्य विपद् न्यूनीकरण तथा क्षतिपुरणका लागि आवश्यक नीति तर्जुमा गर्न सरकारलाई निर्देशन

काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले जलवायुजन्य विपद् न्यूनीकरण तथा क्षतिपुरणका लागि आवश्यक नीति तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार विज्ञहरुसंगको परामर्शपछि समितिले जलवायु परिर्वतनका कारण वर्षेनी भोग्नुपरेको हानी नोक्सानीको क्षतिपूर्ति सुनिश्चिता सहितको नीति तर्जुमा गर्न निर्देशन दिएको हो ।

नेपालमा जलवायु परिवर्तनले निम्त्याउने विपद बहुआयामिक भएकाले स्थानीय स्तरमा परेको क्षति र नोक्सानीको परिपुरणका लागि हाल सम्म कुनै नीति नभएको हुँदा समितिले नेपाल सरकार वन तथा वातावरण मत्रालयलाई नीति तर्जुमा गर्नुपर्ने आवश्यकता तर्फ ध्यानाकर्षण गराएको हो ।

छलफल पछि समिति सभापति तारादेवी भट्ले जलवायु परिवर्तनका असर कम गर्न बढाउनुपर्ने लगानीको सुनिश्चितता गर्न र विश्व जलवायु कोष बाट प्राप्त हुने बित्त सहयोगलाई सजिलो र झन्झटमुक्त तरिकाले नेपालले प्राप्त गर्ने गरी काम अघि बढाउन मन्त्रालयलाई निर्देशन दिईन् ।

जल तथा मौसमजन्य प्रकोपको क्षती न्यूनीकरणका लागि बहु–प्रकोप पुर्व सूचना प्रणाली लागु गर्न र प्रभावमा आधारित पुर्व–सूचना प्रणाली लाई देशब्यापीरुपमा लैजान समेत समितिले निर्देशन दिएको छ ।

समितिमा विज्ञको रुपमा उपस्थित जलवायु परिर्वतन सम्बन्धी विज्ञ धर्मराज उप्रेतीले मौसम पुर्वानुमान सम्बन्धी राष्ट्रिय नीति नभएकाले समस्या भएको बताएका थिए । उनले विपद् जोखिम न्युनीकरण मैत्री संरचनामा लगानी गरेर विद्यमान नीतिलाई पनि सुधार गर्नुपर्ने आवश्यकता औल्याए ।

समितिले जलवायु परिवर्तन र विपद न्यूनीकरणमा कार्यरत संस्थाहरुबीच पनि समन्वय, सहकार्य बलियो बनाउदै ; विपद न्यूनीकरण तथा व्यवस्थापन ऐन् २०७४ , जलवायु परिवर्तन नीति २०७७ र राष्ट्रिय विकास प्रतिबद्धताको कार्यान्वयनमा जोड दिन र त्यसमा स्थानीय सरकारलाई समेत सहभागी बनाउन समितिले निर्देशन दिएको छ ।

समितिमा भएको छलफलमा सांसदहरु दिनानाथ शर्मा, अनिता देवकोटा, गंगा बेलबासे, जगप्रसाद शर्मा लगायतले नेपाल संघीय ढाँचामा अगाडि बढीसकेको हुँदा जलवायु परिवर्तनको असर कमगर्न र प्रकोप व्यवस्थापनका लागि स्थानीय निकायहरुलाई सक्रिय बनाउन आवश्यक रहेको धारणा राखेका थिए । उनीहरुले स्थानीय निकायमा रहेको विपद् व्यवस्थापन समितिलाई स्रोत साधन र तालिम उपलब्ध गराउन संघीय सरकारले ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);