गत वर्षको कुल बजेटमा ८३ प्रतिशत खर्च | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गत वर्षको कुल बजेटमा ८३ प्रतिशत खर्च

सीता शर्मा
काठमाडौ, १ साउन । आर्थिक वर्ष ०७५/७६ का लागि १५ अर्ब १६ करोड १७ लाख बजेट छुट्टाएको सरकारले रकम खर्च हुने नदेखिएपछि गएको पुसमा ११ खर्ब ९९ अर्ब १५ करोड ४३ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो ।

तर बजेट खर्चको लक्ष्य घटाएपनि सरकारले घटाएको लक्ष्य पनि पुरा गर्न सकेन । अर्थ मन्त्रालयका अनुसार गत वर्षको कुल बजेटमा जम्मा ८३ प्रतिशत खर्च भएको छ । जसमा चालु बजेटतर्फ ८५ प्रतिशत, पूँजिगततर्फ ७५ प्रतिशत र वितिय व्यवस्थापनतर्फ ९१ प्रतिशत बजेट खर्च भएको छ ।

विकास निमार्णका कार्यसंग जोडिएको पूँजिगत खर्च भने लक्ष्य भन्दा निकै कम देखिएको छ । त्यस्तै पूँजिगत तर्फको बजेट असारे विकासमा नै खर्च गर्ने प्रवृति भने गएको वर्ष पनि दोहोरीएको छ । अरु महिनाको तुलनामा असार महिनामा धेरै खर्च भएको मन्त्रालयले स्वीकारे पनि कति खर्च भयो भनेर एकिन तथ्याङ भने बताउन सकेन ।

सरकारले संसदीय समितिको निर्देशन विपरीत यस वर्ष पनि असार महिनामा पूँजिगत खर्च बढी गरेको छ । आर्थिक वर्षको सुरुमा काम नगर्ने र असार लागेपछि काम गर्ने प्रवृति रोक्न संसदको अर्थ समितिले यसै वर्ष असार महिनामा कुल बजेटको १० प्रतिशत भन्दा बढी रकम खर्च गर्न नहुने निर्देशन दिएपनि सरकारले असार महिनामा मात्र कुल बजेटको २० प्रतिशत भन्दा बढी रकम खर्च गरेको छ । तर अर्थ मन्त्रालयका प्रवक्ता भने काम पहिले भएर पनि असारमा भुक्तानी बढी भएकाले असारको खर्च बढी देखिएको दाबी गर्दछन् ।

कर्मचारी समायोजन समयमा नहुनु तथा संघ प्रदेश र स्थानीय तहमा रहने आयोजनाको समयमा निक्र्याैल हुन नसक्नुले लक्ष्य अनुरुपको खर्च हुन नसकेको मन्त्रालयको दाबी छ । तर आम सर्वसाधारण भने सरकारको काम गराईबाट चित्त बुझाउन भने सकेका छैनन् ।
हरेक वर्ष समयमा बजेट खर्च नगर्ने सरकारले अनेक बहाना मात्र देखाउने गरेको आम सर्वसाधारणको बुझाई छ ।

साउन १ गतेबाट आर्थिक वर्ष २०७६/७७ बजेट सुरु भएको छ । गत वर्षलाई विकासको आधार वर्ष मानेको सरकारले यस वर्षलाई विकासको वर्ष भनीरहेको छ । नारा विकास वर्षको राखे पनि आर्थिक वर्षको अन्तिम महिनाको अन्तिम दिनतिर मात्र विकासको नाममा गरिने बजेट खर्च गर्ने प्रवृत्ति नसुध्रिएसम्म सरकारको नाराले सार्थकता पाउन नसक्ने प्रायः निश्चित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);