२०२२ मा हुने विश्वकप फुटवलको दोश्रो चरणको 'ड्र' सार्वजनिक, नेपाल समूह 'बी' मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२०२२ मा हुने विश्वकप फुटवलको दोश्रो चरणको ‘ड्र’ सार्वजनिक, नेपाल समूह ‘बी’ मा

काठमाडौं १ साउन । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटलबका लागि हुने दोस्रो चरणको छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ । बुधवार भएको ‘ड्र’ अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाईनिज ताइपेई र जोडर्न रहेका छन् ।

दोस्रो चरणको छनोटबाट १२ टिमले अन्तिम चरणमा स्थान बनाउनेछन् । जसमा समूहका विजेता र उत्कृष्ट चार उपविजेताले २०२३ मा चीनमा हुने एसियन कपमा पनि स्थान बनाउनेछन् ।

दोस्रो चरणको छनोटमा एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरिएको हो ।फिफाको क्यालेन्डर अनुसार दोस्रो चरणका खेलहरु आगामी सेप्टेम्बर देखि अर्को बर्षको जुन नौ तारिखसम्म हुनेछन् । नेपाल एसियाको बरियतामा शिर्ष ३४ भित्र परेपछि पहिलोपटक नेपालले सोझै विश्वकपको दोस्रो चरणमा स्थान बनाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);