अफ्रिका कप अफ दी नेसन्समा नाईजेरिया विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अफ्रिका कप अफ दी नेसन्समा नाईजेरिया विजयी

nejeriya winer

एजेन्सी, २ साउन । अफ्रिका कप अफ दी नेसन्स अन्तर्गत तेस्रो स्थानका लागि भएको प्लेअफमा नाईजेरियाले ट्युनेसियालाई हराएको छ ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत रहेका इग्लुले खेलको तीन मिनेटमै गोल गर्दै नाईजेरियालाई तेस्रो स्थान दिलाए । इग्लुले प्रतियोगितामा सर्वाधिक ५ गोल गर्नसमेत सफल रहेका छन् । सेमिफाईनलमा पराजित दुवै टिम तेस्रो स्थानका लागि हुने प्रतियोगितामा भिडेका थिए । तीन पटकको विजेता नाईजेरियाले आठौं पटक तेस्रो स्थानमा रहन सफल रह्यो । सेनेगल पहिलो पटक प्रतियोगिताको उपाधिको नजिक छ । उसले सन् १९९० को विजेता अल्जेरियासंग शुक्रबार फाईनल खेल खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);