मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडद्वारा लीड्स पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडद्वारा लीड्स पराजित

manchester

काठमाडौं, २ साउन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मैत्रीपूर्ण खेलमा लीड्सलाई पराजित गरेको छ ।

पर्थमा भएको खेलमा ओल गुनार सोल्सकेएरको टिम म्यानचेस्टर युनायटेडले लीड्सलाई ४–० ले पराजित गरेको हो । १७ वर्षका मेसन ग्रीनवुडले दोस्रो मिनेटमा नै गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा मार्कस राशफोर्डले टिमका लागि एक गोल थपे । दोस्रो हाफमा फिल जोन्सले शक्तिशाली हेडरमार्फत गोल गरे । यस्तै एन्थोनी मार्सलले पेनाल्टी मार्फत अर्को गोल थपेपछि युनाइटेड ४–० ले विजयी भयो ।रामेलु लुकाकु बिना खेलेका युनाइटेडमा मेसनले सोही कारण स्थान पाए । लुकाकुको अनुपस्थितिमा उनले टिमका लागि उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने देखियो ।लुकाकुमा इटालियन क्लब इन्टर मिलानले चासो देखाएको छ र उनलाई जान दिनु नै युनाइटेडका लागि उपयुक्त हुने देखिएको फुटबल पण्डितले उल्लेख गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);