प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको जित

एजेन्सी, १४ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति अवे मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रुमलाई ५–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीले पहिलो हाफमा चार गोल र दोस्रो हाफमा एक गोल गर्न सफल रह्यो । सिटीका लागि इल्केयी गुण्डोगानले छैटौँ र ३० औँ मिनेटमा गोल गरे । यस्तै क्यानसेलोले २० औँ, रियाद महरेजले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा तथा रहिम स्ट्रर्लिङ्गले ५७ औँ मिनेटमा गोल गरे ।

जितपछि शीर्ष स्थानमा पुगेको सिटीको १९ खेलबाट ४१ अंक भएको छ । ४० अंक रहेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा झरेको छ । त्यस्तै मंगलबार राति नै सम्पन्न भएको खेलमा क्रिष्टल प्यालेसलाई ३–२ ले पराजित गरेको वेष्ट ह्याम २० खेलबाट ३५ अंकसहित चौथो स्थानमा पुगेको छ ।

अर्को खेलमा लीड्सले न्यूक्यासललाई २–१ ले पराजित गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);