प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सहज जित

एजेन्सी, ५ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आज बिहान घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलार्ई ४–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो ।

पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेको हो । सिटीका लागि जोन स्टोन्सले २६ र ६८ औँ मिनेटमा गोल गरे । इल्केयी गुण्डोगानले ५६ औँ तथा रहीम स्ट्रर्लिङ्गले ८८ औँ मिनेटमा गोल गरेका हुन् ।

जितपछि दोस्रो स्थानमा पुगेको म्यानचेस्टर सिटीको १७ खेलबाट ३५ अंक जोडेको छ । त्यस्तै अर्को खेलमा टोटनह्यामले शेफिल्ड युनाइटेडलाई ३–१ ले पराजित गरेको छ । जितपछि पाँचौँ स्थानमा पुगेको टोटनह्यामको १८ खेलबाट ३३ अंक भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);