स्पेनीस सुपर कपको उपाधि एथ्लेटिक विल्बाओले उचाल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

स्पेनीस सुपर कपको उपाधि एथ्लेटिक विल्बाओले उचाल्यो

एजेन्सी, ५ माघ । स्पेनीस सुपर कपको उपाधि एथ्लेटिको विल्बाओले उचालेको छ । सेभियाको मैदानमा आइतबार राति सम्पन्न खेलमा बार्सिलोनालाई ३–२ गोल अन्तरले पारजित गर्दै एथ्लेटिकले उपाधि उचालेको हो ।

खेलको ४० औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेटमा डी मार्कोसको गोलमा एथ्लेटिकले खेल बराबरी गर्न सफल भयो ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा फेरी ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर ९० औं मिनेटमा एसेइरले गोल गरेपछि पुनः २–२ गोलको अवस्थामा पुग्यो ।

निर्धारीत ९० मिनेट दुई दुई गोलको बराबरीमा सकिएपछि खेल अतिरीक्त समयमा पुगेको थियो । जसमा खेलको ९३ औं मिनेटमा विलियम्सको गोलमा एथ्लेटिकले उपाधि उचाल्न सफल भयो । यसअघि बिल्वाओले १९८४ र २०१५ मा उपाधि जितेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);