Our Network

असोज ११ २०७८, सोमबार

राष्ट्रिय महिला लिगमा साविक विजेता एपीएफको लगातार तेस्रो जित

काठमाडौं, १३ माघ । राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफले लगातार तेस्रो जित निकालेको छ । मंगलबार त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन अन्जली कुमारी योन्जन र सरु लिम्बुले एक एक गोल गरिन् । जितसँगै ३ खेलमा ९ अंक जोडेर एपीएफ लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । आर्मीको भने यो पहिलो हार हो ।

पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो खेलमा वालिङलाई ७–० ले हराएको थियो । आर्मी ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेपाल पुलिस क्लब ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

मंगलबार नै उपाधि दाबेदार नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले स्याङ्जाको वालिङ नगरपालिकासँग १–१ गोलको बराबरी खेलेको हो । वालिङका लागि विदेशी खेलाडी मिथो रुथले र पुलिसका लागि रेखा पौडेलले १–१ गोल गरे ।

Leave a Reply