महिला राष्ट्रिय लिग : विराटनगरमाथि चन्द्रपुरको जित, वालिङसँग पुलिस स्तब्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

महिला राष्ट्रिय लिग : विराटनगरमाथि चन्द्रपुरको जित, वालिङसँग पुलिस स्तब्ध

काठमाडौं, २५ माघ । रजनी थोकरको निर्णायक गोलको मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकाले विराटनगर महानगरपालिकामाथि रोमाञ्चक जित निकाल्दा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लब स्याङ्जा नगरपालिकासँग स्तब्ध भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको आजको पहिलो खेलमा चन्द्रपुरले विराटनगरलाई १–० ले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा चन्द्रपुरले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । ७०औं मिनेटमा रजनी थोकरले गरेको गोल निर्णायक बन्दा चन्द्रपुरले जारी लिगमा दोस्रो जित दर्ता गरेको हो ।

पहिलो चरणको खेलमा ५–० ले नतिजा सुम्पिएको चन्द्रपुरले जितसँगै बदला पनि लिएको छ । दोस्रो जित निकालेको चन्द्रपुरको ७ खेलबाट ६ अंक भएको छ । चन्द्रपुर तालिकाको छैटौं स्थानमा रहँदा समान खेलबाट १० अंक जोडेको विराटनगर तालिकाको तेस्रो स्थानमा छ ।

लिग अन्तर्गत आजको दोस्रो खेलमा रुथो मेथुले ५८औं मिनेटमा गरेको गोल निर्णायक बन्दा पुलिस वालिङसँग स्तब्ध भएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस सुरुआतबाट दबाब दिँदै खेले पनि जित निकाल्न असफल रह्ययो ।

जितसँगै वालिङले जारी लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले ७ खेलमा ११ अंक जोडेको छ । पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ । पुलिसको यो लगातार दोस्रो र प्रतियोगिताको तेस्रो हार हो । यस अघिको खेलमा पुलिस विराटनगरसँग पनि पराजित भएको थियो । यस अघि सम्पन्न पहिलो चरणको खेलमा पुलिस वालिङ सँग १–१ को बराबरी खेलेको थियो ।

लिगमा सोमबार एक खेल मात्र हुनेछ । अपराजित टोली एपिएफले तालिकामा अंक जोड्न नसेकेको चौदण्डीगढीसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);