फुटसल लिगका लागि एन्फा र टर्नपाईक इभेन्टबीच सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फुटसल लिगका लागि एन्फा र टर्नपाईक इभेन्टबीच सम्झौता

काठमाडौं, २५ माघ । बैशाख २५ देखि जेठ १५ गेतसम्म पोखरामा संचालन हुने ए डिभिजिन फुटसल लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टर्नपाईक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ ।

एन्फाले राष्ट्रिय फुटसल लिगको विवरण सार्वजनिक गर्ने कार्यक्रममा प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाईकसँग आइतबार सम्झौता गरेको हो । एन्फाको फुटसल कमिटिका सयोजक रत्न कुमार श्रेष्ठ र टर्नपाईकका प्रमुख कार्यकारी अधिकृृत उकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार टर्नपाईकले एन्फालाई २९ लाख उपलब्ध गराउने छ । सम्झौतापछि बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सहकार्य ऐतिहासिक भएको बताए । यस्तै टर्नपाईकका उकेश लोहनीले पनि सहकार्य गर्नपाउँदा खुसी लागको प्रतिक्रिया दिए ।

विभिन्न प्रदेशबाट छनोट चरण पार गरी सञ्चालन हुने लिगमा कुल १० टिमले सहभागिता जनाउनेछन् । जसमा बागमती प्रदेशबाट ४ टिम तथा प्रदेश–१ र गण्डकी प्रदेशबाट २-२ टिम सहभागी हुने छन् भने प्रदेश–२ बाट एक टिम र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त एक टिम हुनेछ पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लिगका लागि प्रदेश–१ को छनोट खेलहरु चैत १ देखि ५ सम्म इटहरीमा हुनेछ । प्रदेश–२ को छनोट हेटौडामा चैत ८ देखि १२ सम्म संचालन हुनेछ । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनोट दाङमा चैत १९ देखि २३ सम्म हुनेछ । बागमतीको छनोट खेलहरु काठमाडौंमा चैत २५ देखि ३० सम्म हुनेछ भने गण्डकीको छनोट खेलहरु पोखरामा बैशाख ३ देखि ७ सम्म संचालन हुनेछ ।

लिगमा ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन क्लब, जिल्ला संघमा आबद्द क्लब तथा राष्ट्रिय खेलकुद परिषदमा आबद्द क्लबहरुले सहभागिता जनाउन पाउने छन । २० दिन सम्म सञ्चालन हुने लिगको विजेताले १० लाख प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख पाउने छ । यस्तै सर्बोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् ।

एन्फाले सहभागीता जनाउने प्रत्येक टोलीलाई व्यवस्थापनका लागि १ लाख उपलब्ध गराउने जानकारी समेत दियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);