त्रिकोणात्मक एक दिवसीय शृखंला लक्षित राष्ट्रिय टोलीको अभ्यास सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

त्रिकोणात्मक एक दिवसीय शृखंला लक्षित राष्ट्रिय टोलीको अभ्यास सुरु

काठमाडौं, २५ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृखंलालाई लक्ष्य राखेर अभ्यास सुरु गरेको छ । खुला प्रतिस्पर्धाबाट नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास सुरु गराउनु भएको हो ।

नेपाल क्रिकेट संघ क्यानले ३२ नाम सार्वजनिक गरे पनि सुरुआती चरणमा २१ खेलाडी प्रारम्भिक अभ्यासमा बोलाएर अभ्यास थालेको हो । ओमानमा हुने शृखंलालाई लक्ष्ति गरेर सुरुआती चरणमा प्रारम्भिक टोलीलाई अभ्यासमा थालेको नव नियुक्त प्रशिक्षक डेभ वाटमोरले बताउनु भयो ।

यस्तै उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै नाम कमाएका पृथु बास्कोटा क्यानले घोषणा गरेको प्रारम्भिक टोलीमा समावेश हुनुभएको छ । करिब चार वर्ष पछि राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा स्थान बनाएका पृथुले राम्रो खेलेर टोलीमा अटाउन प्रयास गर्ने बताए ।

यस्तै राष्ट्रिय टोलीमा पहिलो पटक क्याम्पमा परेका विवेक यादव र अर्जुन कुमालले पनि राम्रो प्रदर्शन गरेर टोलीमा अटाउन प्रयास गर्ने बताउनुभयो । आगामी मार्च महिनाका लागि नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा ओमान, अमेरिका र नेपालले त्रिकोणात्मक शृखंला खेल्ने तालिका छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);