महिला लिगमा आज विराटनगर र चन्द्रपुर तथा पुलिस र वालिङ भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महिला लिगमा आज विराटनगर र चन्द्रपुर तथा पुलिस र वालिङ भिड्दै

काठमाडौं, २५ माघ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आइतबार दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेल विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच हुनेछ ।

विराटनगर लिगको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबसँग अंक दूरी घटाउने लक्ष्यका साथ मैदानमा उत्रने छ । तेस्रो स्थानमा रहेको विराटनगरले हालसम्म ६ खेलमा १० अंक जोडेको छ । चन्द्रपुर प्रतियोगितामा दोस्रो जितका लागि प्रयास गर्नेछ भने लिगको छैटौँ स्थानमा रहेको चन्द्रपुरको छ खेलबाट तीन अंक छ ।

यसैगरी दोस्रो खेल नेपाल पुलिस क्लब र वालिङ नगरपालिबीच हुनेछ । पुलिस आठ अंक जोडेर लिगको चौथो स्थानमा छ भने वालिङ आठ अंकका साथ लिगको पाँचौं स्थानमा छ । सो खेल दिउँसो तीन बजे सुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);