राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदै

काठमाडौँ, २० माघ । राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुन लागेको हो ।

वालिङ र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । आज वालिङ र चन्द्रपुर दोस्रो जितको खोजीमा हुनेछन् । वालिङ ५ खेलमा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । विदेशी खेलाडीको साथ पाएको वालिङ जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।

चन्द्रपुर ५ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । चन्द्रपुर पनि जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);