राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाको सहज जित

काठमाडौं, ६ फागुन । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले सहज जित निकालेको छ । अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले हराएको हो ।

लिगको अन्तिम खेलमा वालिङलाई जित दिलाउन हिमा रावत, अमिशा कार्की र मेथो रुथले एक एक गोल गरिन् । खेलको १७ औं मिनेटमा हिमाले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । ४७ औं मिनेटमा रुथले तथा ५४ औं मिनेटमा अमिशाले गरेको गोलसँगै वालिङ ३–० गोल अन्तरले विजयी भएको हो ।

जितसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले १२ खेलमा १७ अंक जोडेको छ । चन्द्रपुर ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिगको उपाधि भने एपीएफले जितिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);