राष्ट्रिय च्याम्पियन नविताद्वारा टेबलटेनिस एकेडेमी सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राष्ट्रिय च्याम्पियन नविताद्वारा टेबलटेनिस एकेडेमी सञ्चालन

काठमाडौं, १९ माघ । आठ पटककी राष्ट्रिय च्याम्पियन टेबल टेनिसकी नविता श्रेष्ठले टेबलटेनिस एकेडेमी सञ्चालनमा ल्याउनुभएको छ । ‘स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी’ नाम दिइएको एकेडेमीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले एकेडेमीको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

टेबल टेनिसबाट खेल जीवन सुरुआत गर्न चाहनेका लागि लक्षित गरी एकेडेमी सञ्चालनमा ल्याइएको एकेडेमीमा प्रतियोगिता समेत खेलाउन सकिने नविताले बताउनुभयो । देशै भरीबाट सम्भावना बोकेका खेलाडीलाई अवसर दिने लक्ष्य रहेको पनि नविताको भनाई छ ।

६ वटा टेबलटेनिस बोर्ड राखिएको एकेडेमीमा सञ्चालनमा आएसँगै ११ खेलाडी आबद्ध भईसकेका छन् । एकेडेमीको उद्घाटनमा पुगेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारी र निजी क्षेत्रबाट खेलकुदमा लगानी गरेर अगाडि बढेमा खेलकुद क्षेत्रले फड्को मार्ने बताउनुभयो ।

यस्तै संघका अध्यक्ष चतुरानन्द वैद्यले एकडेमीले खेलाडी उत्पादन तथा खेलाडीको अभ्यासका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । नेपालको नम्बर एक महिला खेलाडी नविता लगातार आठ पटक राष्ट्रिय च्याम्पियन बन्दै कीर्तिमान बनाउने खेलाडी हुनहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);