नेपाल र कतारबीच हुने भनिएको टी–२० क्रिकेट प्रतियोगिता स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल र कतारबीच हुने भनिएको टी–२० क्रिकेट प्रतियोगिता स्थगित

काठमाडौं, १९ माघ । नेपाल र कतारको राष्ट्रिय क्रिकेट टिमबीच हुने भनिएको भनिएको टी–२० अन्तर्राष्ट्रिय शृंखला स्थगित भएको छ । नेपाल र कतारबीचको टी–ट्वान्टी शृंखला कतारमै फेब्रुअरी ९, १० र १२ मा हुने तय थियो ।

अन्तिम समयमा आएर कोरोना महामारीको जोखिमका कारण स्थगित भएको नेपाल क्रिकेट संघले जनाएको छ । कतार क्रिकेट संघले यसबारे जानकारी दिएको बताइएको छ ।

शृंखलाकै लागि नेपाल क्रिकेट संघ क्यानले १८ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको थियो । शृंखला नहुने भएपछि बन्द प्रशिक्षणसमेत नहुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);