नेपालको टी २० वरीयता खस्कियो  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपालको टी २० वरीयता खस्कियो 

काठमाडौं। नेपाली क्रिकेट टिमको टी २० वरीयता खस्किएको छ । आइसिसीले सोमबार जारी गरेको वरीयतामा नेपाल एक स्थान खस्किएको हो।

यसअघि १४औं स्थानमा रहेको नेपाल हाल १५औं स्थानमा पुगेको छ । वरीयता खस्किएसंगै सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकपमा सोझै छनोट हुने सम्भावन पनि कमजोर बनेको छ । यसमा १२ टिम सोझै प्रतियोगिता छनोट हुनेछन् । हाल नेपाली राष्ट्रिय टिम टी २० र एकदिवसीय शृंखलाका लागि केन्या भ्रमणमा रहेको छ । नेपालले केन्यासँग पाँच टी २० खेलको शृंखला खेल्ने तालिका छ । शृंखलामा नेपाल २–१ ले अघि छ।

नेपालले पहिलो खेलमा केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १८ रनले पराजित भएको नेपालले तेस्रो खेलमा चार विकेटको जित निकालेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);