काठमाडौंमा हुने भनिएको 'मातृभुमि कप' क्रिकेट प्रतियोगिता स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौंमा हुने भनिएको ‘मातृभुमि कप’ क्रिकेट प्रतियोगिता स्थगित

काठमाडौं, २३ चैत । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ शनिवार काठमाडौं हुने भनिएको ‘मातृभूमि कप’ क्रिकेट प्रतियोगिता स्थगित भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार तय भएको प्रतियोगिता वर्षाको कारण स्थगित भएको हो ।

रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन आयोजना हुने प्रतियोगिताको नयाँ मिति केही दिन भित्र घोषणा गर्ने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । मातृभूमि कपमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा दुई टोलीले खेल खेल्ने कार्यक्रम रहेको थियो ।

पारसको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम ‘ए’ र ज्ञानेन्द्रको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम ‘बी’ नाम दिईएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);