पोखरा प्रिमियर लिग आजबाट सुरु, विराटनगर र पोखरा भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पोखरा प्रिमियर लिग आजबाट सुरु, विराटनगर र पोखरा भिड्दै

pokhara premier league

पोखरा, ९ कात्तिक । सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) आजबाट पोखरामा सुरु भएको छ । पोखरा रंगशालामा शुरु पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्स र शरद् भेषावकरको कप्तानीमा रहेको पोखरा पल्टन भिडिरहेका छन ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको पीपीएल क्रिकेट आयोजना गरेको हो । कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);