पोखरा प्रिमियर लिग क्रिकेटमा आज २ वटा खेल | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

पोखरा प्रिमियर लिग क्रिकेटमा आज २ वटा खेल

Pokhara-Premier-League-title

पाेखरा, ३० मंसिर । पोखरा प्रिमियर लिग क्रिकेटमा आज २ वटा खेल हुँदैछन् । पोखरा रंगशालामा बिहान ९ बजेदेखि सुरु भएको पहिलो खेलमा विराटनगर टाइटन्स र एक्सपर्ट धनगढी खेलिरहेका छन् भने दोस्रो खेलमा वुटवल ब्लास्टर्स र काठमाडौं गोल्डेन्स वारियर्सबीच खेल हुनेछ ।

धनगढी दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको छ भने विराटनगर टाइटन्स प्रदीप ऐरीको कप्तानीमा छ । दुवै टिमले जित निकाल्दै प्रतियोगिता शुरु गर्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् । दिउँसो २ बजे हुने खेल ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं पहिलो जितको खोजिमा हुनेछ ।

यता पहिलो खेल खेल्न लागेको सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले जितका साथ प्रतियोगिता सुरु गर्ने लक्ष्यमा हुनेछ ।