पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक

ppl

पोखरा, २५ मंसिर । पोखरा प्रिमियर लिग पिपिएल टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । पोखरा क्रिकेट मैदानमा यहि मंसिर २८ गतेदेखि हुने पिपिएलको पहिलो खेलमा साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच खेल हुनेछ ।

६ वटा टिमबीच हुने लिगको शीर्ष टिम सिधैं फाइनलमा पुग्नेछन् । दोस्रो र तेस्रो हुने टिमबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ । पिपिएल अन्तर्गत लिग चरणमा १५, इलिमिनेटर १ र फाइनल १ गरी १७ खेल हुनेछन् ।

यसपटक पिपिएलमा साविक विजेता पोखरा पल्टन, काठमाडौं गोल्डेन्स, विराटनगर टाइटन्स, चितनवन राइनोज, बुटवल ब्लास्टर्स र धनगढी बुल्ज सहभागि छन् ।

आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका अनुसार यसपटक एक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउनेछन् ।

ppl

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);