सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख

sag padak bijeta

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमा एक कार्यक्रमको आयोजना गरि स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो । सागमा एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई भने जनही ११ लाख रुपैयाँ प्रदान गरिनेछ ।

त्यसैगरि टिम इभेण्टमा स्वर्ण जित्ने टोलीका सदस्यलाई ५ लाख र स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकलाई ५ लाख रुपैयाँ दिने घोषणा प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।

सागमा रजत पदक जित्ने खेलाडीहरुलाई जनही ६ लाख र कास्य पदक जित्ने खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने उहाँले बताउनुभयो । टिम इभेन्टमा रजत जित्ने तथा टिम म्यानेजर र अन्य सहयोगीलाई दिइने रकमका विषयमा भने कुनै घोषणा गरिएन् ।

काठमाडौं, पोखरा र जनकपुरमा १० दिनसम्म चलेको १३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यपदक जितेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);