सागमा पदक जित्ने खेलाडीलाई ललितपुर महानगरबाट सम्मान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सागमा पदक जित्ने खेलाडीलाई ललितपुर महानगरबाट सम्मान

काठमाडौं, २ पुस । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडीहरुलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ ।

महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै महानगरका मेयर चिरीबाबु महर्जनले सागमा पदक विजेता खेलाडीहरुलाई बधाई दिँदै एसियन गेम र ओलम्पिकमा पदक जितेर आएपछि यो भन्दा ठूलो रकमले सम्मान गर्ने बताउनुभयो ।

खेल क्षेत्रमा ठूलो योगदान गर्न नसकेपनि ऐनमा उल्लेख भएअनुसारको काम महागरले गरेको उहाँले बताउनुभयो । महानगरले फुटबलमा लगानी गरिरहेको उल्लेख गर्दै उहाँले एन्फामा दर्ता भएको क्लबहरुलाई टीम तयारी स्वरुप सहयोग गरेको बताउनुभयो ।

उहाँले महानगरभित्रका ए डिभिजन क्लबहरुलाई ४ लाख, बि डिभिजन क्लबहरुलाई ३ र सि डिभिजन क्लबहरुलाई २ लाख रुपैयाँ तयारीका लागि दिइएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);