ज्ञानेन्द्रको शतकसंगै पीपीएलमा काठमाडौंको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

ज्ञानेन्द्रको शतकसंगै पीपीएलमा काठमाडौंको पहिलो जित

gyanendra malla-ppl

पोखरा, २ पुस । ज्ञानेन्द्र मल्लको शतकसंगै काठमाडौं गोल्डेन वारिवर्सले पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा पहिलो जित हात पारेको छ । मंगलबार पोखरा रंगशालामा धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गर्दै काठमाडौंले पहिलो जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । कप्तान मल्लले ३८ बलमा ८ चौका र ९ छक्का प्रहर गर्दै सय रन बनाए । उनी दोस्रो संस्करणको शतक बनाउने पहिलो खेलाडी समेत बने । धनगढीका कमल सिंह ऐरीले ४ विकेट लिए ।

जवाफमा १ सय ८६ रनको लक्ष्य पछ्याएको धनगढीले १६ ओभरमा अलआउट हुँदै ७९ रन मात्र बनाउन सक्यो । काठमाडौंका बसन्त रेग्मीले ३ विकेट लिए । यस्तै पवन सर्राफ र सुबोध भाटीले २–२ विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);