पोखरा प्रिमियर लिग: चितवन राइनोजको लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पोखरा प्रिमियर लिग: चितवन राइनोजको लगातार दोस्रो जित

ppl-chitwanskathmandu

काठमाडौं, १५ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित हासिल गरेको छ ।

बिहिवार पोखरा रंगशालामा भएको खेलमा चितवनले हुलास काठमाडौं रोयल्सलाई १३ रनले पराजित गरेको हो । खेलमा चितवनले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सक्यो । काठमाडौंका लागि भारतीय खेलाडी गौरव तोमरले ३९ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले ३० रनको योगदान दिए ।

बलिङतर्फ चितवनका करण केसीले ३ तथा कप्तान पारस खड्काले २ विकेट लिए । यसअघि, खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । उसका लागि हरिशंकर साहले ६० रन जोड्दा स्मिथ पटेलले ३१ रनको योगदान दिए । पारसले १४ र सन्नी पटेलले १३ रन जोडे । बलिङतर्फ काठमाडौंका बसन्त रेग्मीले २ विकेट लिए ।

पीपीएल क्रिकेटमा पारस खड्का नेतृत्वको चितवन राइनोजको चार खेलमा यो दोस्रो जित हो । ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौंको भने तीन खेलमा यो पहिलो हार हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);