पीपीएलमा चितवन राइनोजको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पीपीएलमा चितवन राइनोजको विजयी सुरुवात

ppl chitwan ko jeet

पोखरा, १ पुस । पोखरा प्रिमियर लिग पीपीएल टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको आफ्नो पहिलो खेलमा साविक विजेता पोखरा पल्टनलाई ५ विकेटले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको हो ।

घरेलु टोली पोखराले दिएको १ सय ८ रनको सामान्य लक्ष्य चितवनले १४ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । चितवनको जितमा बाबर हायातले ४२ बलमा ६ चौका र ४ छक्कासंगै अविजित ६६ रन बनाए । यस्तै सन्नी पटेलले २२ र रोहन मुस्ताफाले ११ रन बनाए । पोखराका राशिद खान र सर्वोजित लड्डाले समान २–२ विकेट लिए ।

यो खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले २० ओभरमा १० विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । पोखराका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रन बनाए ।

जितसँगै चितवनले पहिलो खेलमा २ अंक जोडेको छ । पोखराको भने यो पहिलो हार हो । दुई खेल खेलेको पोखराले २ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);