ए डिभिजन लिगमा आज सरस्वती र एनआरटी तथा पुलिस र शेर्पा भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ए डिभिजन लिगमा आज सरस्वती र एनआरटी तथा पुलिस र शेर्पा भिड्ने

a division league

काठमाडौं, १ पुस । ए डिभिजन लिगमा आज सरस्वती र एनआरटी तथा पुलिस र शेर्पा भिड्ने, पोखरामा जारी पीपीएलमा क्रिकेटमा पोखरा पल्टन र चितवन राइनोज बीच खेल हुँदै ।

सहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज पनि २ वटा खेल हुनेछन्  भने पोखरामा जारी पीपीएल क्रिकेटमा एक खेल हुनेछ ।

ए डिभिजन फुटबलको पहिलो खेलमा सरस्वती युवा क्लब र न्यूरोड टिम एनआरटी तथा दोस्रो खेलमा क्लब नेपाल पुलिस र हिमालयन शेर्पा आमने सामने हुने छन् । पहिलो खेल सातदोवाटोमा मध्यान्ह साढे १२ बजे हुने छ भने दोस्रो खेल दशरथ रंगशालामा दिउँसो साढे २ बजेदेखि शुरु हुनेछ । यता पोखरामा जारी पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुने भएको छ ।

पोखरा रंगशालामा विहान साढे ११ बजेदेखि शुरु हुने खेलमा पारस खड्काको चितवन राइनोज र शरद भेषावकरको पोखरा पल्टन भिड्ने छन् । पोखरा पल्टन लगातार दोस्रो जितको खोजिमा हुँदा चितवनले पहिलो खेलमा जित हात पार्दै सुखद् शुरुआत गर्ने तयारीमा हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);