ए डिभिजन लिग : आज फ्रेण्ड्स-सरस्वती र जावलाखेल-हिमालयन भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ए डिभिजन लिग : आज फ्रेण्ड्स-सरस्वती र जावलाखेल-हिमालयन भिड्दै

adivision league

काठमाडौं, ८ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तेस्रो चरणको खेल सकिँदै छ । तेस्रो चरण अन्तर्गत अन्तिम दुई वटा खेल आज सशस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने छन् ।

बिहान ११ बजे हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा दुवै टिमले लगातार २ खेलमा पराजित भएकाले आज पहिलो जितको खोजीमा हुने छन् ।

यसैगरी सोही मैदानमा दिउँसो साढे २ बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा वीच खेल हुनेछ । तेस्रो चरणको खेल सम्म आइपुग्दा मनाङ र संकटाले अपराजित यात्रा कायमै राख्दै समान ९ अंक सहित क्रमश पहिलो र दोस्रो स्थानमा आफूलाई सुरक्षीत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);