दोस्रो संस्करणको पिपिएलको उपाधि चितवन राइनोजलाई | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

दोस्रो संस्करणको पिपिएलको उपाधि चितवन राइनोजलाई

chitwan rhinos

फाइनलमा चितवनद्वारा विराटनगर टाइटन्स ३२ रनले पराजित

पोखरा, १२ पुस । पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनोजले हात पारेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले हराएर चितवनले दोस्रो संस्करणको पिपिएल उपाधि हात पारेको हो।

पहिलो संस्करणमा उपविजेतामा सीमित चितवनले शनिबार पहिले व्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रनको विशाल योगफल तयार ग-यो । चितवनका लागि अनिल कुमार शाह र रोहन मुस्तफाले ५०–५०, पारस खड्काले २५, र करण केसीले २६ रन बनाए ।

जवाफमा विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनमात्रै बनायो । विराटनगरका मोहम्मद जायद आलमले ५७, प्रदिप सिंह ऐरीले ३५ र पुनित मेहराले ३२ रन बनाए । चितवनका करण केसिले ३ विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);