ईपीएल क्रिकेट : चितवनको लगातार चौथो जित, शीर्ष दुई पक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

ईपीएल क्रिकेट : चितवनको लगातार चौथो जित, शीर्ष दुई पक्का

काठमाडौं । चितवन टाईगर्सले जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा शीर्ष दुईमा स्थान पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले शीर्ष दुईमा स्थान पक्का गरेको हो ।

यसअघि १०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको चितवनलाई जिताउन मोहम्मद सहजादले सर्वाधिक ३५ रन बनाए । यस्तै भिम सार्कीले २७, भिरन्दीप सिंह १३ तथा दिलीप नाथले १६ रन बनाए । 

यता, ललितपुरका अज्मतुल्लाह ओमार्जाईले र राजन ढकालले समान २ विकेट लिए । यस्तै योगन्द्र सिंह कार्कीले एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । ललितपुरका जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए । सन्दुन विराकोड्डीले १४ रन बनाउँदा सूर्य तामाङ ११ रन बनाए । 

चितवनका कमलसिंह ऐरीले ३ विकेट लिए । यस्तै करिम जनत र सागर ढकालले समान २ विकेट लिए । शाहब आलमको नाममा १ विकेट रह्यो ।

जितसँगै चितवन शीर्षस्थानमा रहँदै शीर्ष दुई पक्का गरेको छ । यता, ललितपुरको भने प्लेअफको लागि अंकगणितीय सम्भावना कायम छ । 

चितवनले ४ खेलमा शतप्रतिशत जित निकाल्दै ८ अंकका साथ शीर्षस्थानमा छ । पोखरा ४ खेलमा २ जित १ हारसहित ५ अंकका साथ दोस्रो स्थानमा छ । भैरहवा ३ खेलमा १ जित र दुई खेलमा अंक बाड्ँदै ४ अंकका साथ तेस्रो स्थानमा छ ।

ललितपुर ५ खेलमा १ जित र ३ मा हारसहित ३ अंक जोड्दै चौथो स्थानमा छ । काठमाडौं ३ खेलमा १ जित र २ हारसहित २ अंकका साथ पाँचौं स्थानमा छ । विराटनगर वारियर्स ५ खेलमा १  जित र ४ हारसहित पुछारमा रहँदै उपाधि होडबाट बाहिरिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);