दोस्रो मैत्रीपूर्ण खेलमा नेपालद्वारा बहराईन पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दोस्रो मैत्रीपूर्ण खेलमा नेपालद्वारा बहराईन पराजित

u-19 mahila team

काठमाडौं, २ पुस । नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा बहराईनलाई पराजित गरेको छ । बहराईनको मनामामा मंगलबार राति भएको खेलमा नेपालले घरेलु टिम बहराईन यू –१९ टिमलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा कप्तान सरु लिम्बु, रेखा पौडेल र दिल कुमारी रानाले एक एक गोल गरे । यस अघि पहिलो मैत्रीपूर्णमा पनि नेपालले बहराईनलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

नेपाली टिमले अब अन्तिम मैत्रीपूर्ण खेलमा बिहिबार बहराईनको राष्ट्रिय टिमसँग खेल्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);