राजधानी युवा क्लब च्याम्पियन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राजधानी युवा क्लब च्याम्पियन

काठमाडौं । राजधानी युवा क्लबले सेभेन ए साइट मैत्रीपूर्ण फुटबल जितेको छ । मनमैजुस्थित एन्जल स्पोर्टस् एकेडेमीको मैदानमा मंगलबार भएकोे मैत्रीपूर्ण खेलमा राजधानी दुवै खेल जित्दै च्याम्पियन भएको हो । प्रतियाेगितामा आयोजकसहित कलाकार टिम र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को सहभागीता थियो । 

राजधानीले पहिलो खेलमा कलाकार टोलीलाई ३–१ अन्तरले पराजित गर्यो । २०–२० मिनेट गरी ४० मिनेट खेलाइएको खेलमा राजधानीलाई जिताउन खिम थापाले दुई तथा सन्तोष श्रेष्ठले एक गोल गरे । कलाकारका लागि हरि डाँगीले सान्त्वना गोल फर्काए । 

कलाकारको तर्फबाट हरिसँगै बन्द्री पंगेनी, राजु ढकाल, धिरेन शाक्यलगायतको सहभागीता थियो । दोस्रो खेलमा राजधानीले एनएसजेएफलाई ५–२ अन्तरले पराजित गर्यो । राजधानीको जितमा देवान तामाङले ह्याट्रिक गरे । यस्तै, राजकुमार गोले र चन्द्रबहादुर कार्कीले समान एक गोल गरे । एनएसजेएफका लागि आशिष पुडासैनी र दिल तामाङले एक एक गोल गरे । 

पहिलो खेलमा आयोजकसँग पराजित कलाकार टिमले दोस्रो खेलमा एनएसजेएफलाई ९–० हरायो । कलाकारको जितमा हरि डाँगी र राजु ढकालले ह्याट्रिक गर्दा आकाश खवास, सविन आचार्य र बन्द्री पंगेनीले समान एक गोल गरे । यता, एनएसजेएफ भने दुवै खेलमा पराजित भयो । 

राजधानी युवा क्लब र एन्जल्स स्पोर्ट्स एकेडेमीले यहि १३–१४ फागुनमा सेभेन ए साइट फुटबल प्रतियोगिता आयोजना गर्दैछ । सोही प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजक राजधानीले कलाकार र पत्रकार टोली सम्मितिल मैत्रीपूर्ण खेल आयोजना गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);