अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इराकसँग नेपाल ६–२ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इराकसँग नेपाल ६–२ गोल अन्तरले पराजित

एजेन्सी । घरेलु टिम इराकविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।

शनिबार बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा भएको खेलमा नेपाल बलियो टिम इराकसँग ६–२ गोल अन्तरले पराजित भएको हो ।

इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई तथा कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे । नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे । खेलको सातौं मिनेटमा कप्तान खासिनले २५ यार्डबाट फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर, आठौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो ।

अन्जन बिष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका खलाफले आत्मघाती गोल गरे । खेलको २९ औं मिनेटमा मनिषको गोलबाट नेपालले २–१ को अग्रता बनायो । सन्तोष तामाङको पासलाई सदुपयोग गर्दै इराकी गोलकिपर अघि बढेको अवस्थामा मनिषले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे । ३९ औं मिनेटमा मोहमद अब्दुल्जाराले हेडरमार्फत गोल गर्दै इराकलाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि इराकले नेपालविरुद्ध लगातार गोल गर्यो ।

४० औं मिनेटमा अयमन हुसेनले गोल गर्दै इराकलाई ३–२ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाए । खेलको ६७ औं मिनेटमा मोहनद अलिले गोल गरेपछि इराक ५–२ ले अघि रह्यो ।

त्यसपछि खेलको ७५ औं मिनेटमा सजाद जासिमले गोल गर्दै इराकलाई ६–२ को फराकिलो जित दिलाए ।

यस हारसँगै नेपाल इराकसँग चौंथो भेटमा समेत पराजित भएको छ । यस अघिको तीन भेटमा समेत नेपाल पराजित भएको थियो । अब नेपाली टिम विश्वकप छनोटका लागि कुवेत जाने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);