यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लिश क्लब चेल्सीलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लिश क्लब चेल्सीलाई

एजेन्सी । इंग्लिश क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

शनिबार राति पोर्चुगलको पोर्टोस्थित डो ड्रागाओ स्टेडियममा भएको फाइनल खेलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि उचालेको हो ।

चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे । खेलको ४३ औं मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन् । जुन गोल चेल्सीको जितमा निर्णायक बन्यो । यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो । सिटी भने पहिलो पटक युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता जित्न असफल भएको छ । सिटीले आहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सिटी यस सिजन पहिलो पटक फाइनल पुगेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);