इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका बाँकी खेल यूएईमा गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका बाँकी खेल यूएईमा गर्ने तयारी

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका बाँकी खेल यूएईमा हुने भएका छन् ।

कोरोना महामारीका कारण रोकिएका बाँकी खेल आउँदो सेप्टेम्बर र अक्टुबर महिनामा यूएईमा हुने भएका हुन् । आईपीएलले यसअघि मागेको अनुमति भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको आजको बैठकले पारित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा कोरोना महामारी कम हुँदै गए पनि मनसुनको कारण प्रतियोगिता सञ्चालनमा कठिनाइ हुने भएकाले यूएईमा गर्ने प्रस्ताव पारित गरिएको बताइएको छ । मे २ तारिखसम्म खेल भएकोमा भारतमा महामारी बढ्दै गएपछि गएको मे ४ तारिखदेखि आईपीएलका खेल रोकिएका थिए । खेल रोकिएपछि सबै विदेशी खेलाडी स्वदेश फर्किइसकेका छन् ।

खेलको तालिका केही दिनमै सार्वजनिक गरिने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);