आईपीएल : प्लेअफका खेल आज सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आईपीएल : प्लेअफका खेल आज सुरु हुँदै

SRH-vs-CSK

एजेन्सी, ८ जेठ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत प्लेअफका खेल आज सुरु हुँदै छन् । प्लेअफको पहिलो खेलमा लिग चरणमा शीर्ष दुई स्थान हासिल गरेका सनराइजर्स हैदरावाद र चेन्नई सुपर किङ्स भिड्दैछन् ।

खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे मुम्बईमा हुनेछ । सनराइजर्स र चेन्नईबीच समूह चरणमा भएका दुवै खेलमा चेन्नईले बाजी मारेको थियो । पहिलो खेलमा ४ रनले विजयी भएको चेन्नईले अर्को खेलमा सनराइजर्सलाई ८ विकेटले पराजित गरेको थियो ।

सनराइजर्स र चेन्नईबीच हुने पहिलो क्वालिफायरको विजेता फाइनलमा प्रवेश गर्ने छ । पराजित हुने टीमले भने फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ ।

लिग चरणमा तेस्रो स्थान हासिल गरेको कोलकत्ता नाइट राइडर्स र चौथो स्थानको राजस्थान रोयल्सबीचको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित टिमसँग प्रतिस्पर्धा गर्नुपर्छ । कोलकत्ता र राजस्थान ईलिमिनेटर खेलमा भिड्नेछन् ।

कोलकत्ता नाइट राइडर्स र चौथो स्थानको राजस्थान रोयल्सबीचको खेल भोलि हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);