आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको प्लेअफमा पुग्ने सम्भावना बलियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, २९ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले प्लेअफमा पुग्ने सम्भावना कायम रोखेको छ ।

राजस्थान रोयल्सले गएराति चेन्नई सुपर किंग्सलाई एक बल बाँकी छँदा पराजित गरेर प्लेअफमा पुग्ने सम्भावना कायम राखेको हो । चेन्नईविरुद्धको जितसँगै राजस्थान रोयल्सले ११ खेलबाट १० अंक जोडेको छ । राजस्थानसँगको हारपछि चेन्नईले भने प्लेअफमा पुग्नका लागि अर्को खेल कुर्नुपर्ने भएको छ । चेन्नईको १४ अंक छ ।

गएराति चेन्नईले दिएको १ सय ७७ रनको लक्ष्य राजस्थानले ६ विकेट गुमाएर पूरा ग¥यो । राजस्थानको जितमा जोस बटलरले ९५ रनको योगदान गरे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको ५२ रनको मद्दतमा ४ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो ।

आईपएिलमा आज किंग्स इलाभेन पञ्जाब र कोलकत्ता नाइट राइडर्स तथा रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली डेयर डेभिल्सबीच खेल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);