आईपीएल : बैंगलोरद्वारा पञ्जाब १० विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

आईपीएल : बैंगलोरद्वारा पञ्जाब १० विकेटले पराजित

kxip-rb

एजेन्सी, १ जेठ । रोयल च्यालेन्जर्स बैंगलोरले इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा छनोट हुने आशा जीवित राखेको छ । रोयल च्यालेन्जर्सले गएराति किंग्स इलाभेन पञ्जाबलाई १० विकेटले पराजित गरेर आईपीएलको प्लेअफमा छनोट हुने सम्भावना जीवित राखेको हो ।

किंग्स इलाभेनविरुद्ध जित हासिल गरेसँगै रोयल च्यालेन्जर्सले १२ खेलबाट १० अंक जोडेको छ । प्लेअफमा छनोट हुनका लागि रोयल च्यालेन्जर्सले बाँकी दुई खेलमा पनि जित हात पार्नुपर्छ ।

रोयल च्यालेन्जर्सले किंग्स इलाभेनले दिएको ८९ रनको लक्ष्य ८ दशमलव १ ओभरमा पूरा गर्‍यो । कप्तान विराट कोहली र पार्थिव पटेलले आक्रामक ब्याटिङ गरेपछि रोयल च्यालेन्जर्सले ७१ बल खेल्नु अगावै लक्ष्य पूरा गरेको हो । कोहलीले ६ चौका र २ छक्कासहित ४८ रन बनाए भने पटेलले ४० रनको योगदान गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको किंग्स इलाभेन १५ दशमलव १ ओभरमा अल आउट भएको थियो । उसका दुई खेलाडी शुन्य रनमा आउट भए भने ६ खेलाडीले दोहोरो रन जोड्न सकेनन् । एरोन फिन्चले सर्वाधिक २६ रन बनाए । किंग्स इलाभेनलाई ८८ रनमा समेट्ने क्रममा रोयल च्यालेन्जर्सका उमेश यादवले ४ ओभरमा २३ रन खर्चिएर ३ विकेट लिए । फराकिलो पराजयपछि किंग्स इलाभेन पाँचौं स्थानमा ओर्लिएको छ ।

आईपीएलमा आज कोलकत्ता नाइट राइडर्स र राजस्थान रोयल्सबीच खेल हुने छ । दुबैको समान १२ अंक रहेकाले प्लेअफमा छनोटका लागि दुवै टोलीमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);