पूर्व राष्ट्रिय फुटबल खेलाडी मणि शाहप्रति श्रद्धाञ्जली दिन दशरथ रंगशालामा सयौंको भीड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पूर्व राष्ट्रिय फुटबल खेलाडी मणि शाहप्रति श्रद्धाञ्जली दिन दशरथ रंगशालामा सयौंको भीड

manisah

काठमाडौं, १ जेठ । पूर्व राष्ट्रिय फुटबल खेलाडी मणि शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्न दशरथ रंगशालामा सयौंको भीड लागेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्व फुटबलर शाहको शव विहान ९ बजेदेखि ११ बजेसम्म दशरथ रंगशालामा राखेकामा सयौंले श्रद्धाञ्जली अर्पण गरेका छन् । शाहप्रति श्रद्धाञ्जलीका लागि खेल क्षेत्रसँग सम्बन्धि व्यक्ति र फुटबलप्रेमीहरु रंगशाला उपस्थित भएका थिए ।

शाहको शव अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ । सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहलाई नेपाली म्यारोडोना समेत भन्ने गरिएको छ । शाहको ५१ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);