पूर्व राष्ट्रिय फुटबल खेलाडी मणि शाहको अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पूर्व राष्ट्रिय फुटबल खेलाडी मणि शाहको अन्त्येष्टि

manisah

काठमाडौं, १ जेठ । पूर्व राष्ट्रिय फुटबल खेलाडी मणि शाहको अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टि अघि पूर्व फुटबलर शाहलाई सयौंले श्रद्धाञ्जली दिए । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्व फुटबलर शाहको शव विहान ९ बजेदेखि ११ बजेसम्म दशरथ रंगशालामा राखेको थियो । खेल क्षेत्रसँग सम्बन्धि व्यक्ति र फुटबलप्रेमीहरुले रंगशालामा उपस्थित भइ शाहप्रति श्रद्धाञ्जली अर्पण गरे । विभिन्न राजनीतिक दलका नेता पनि शाहलाई श्रद्धाञ्जली दिन रंगशाला पुगेका थिए । सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहलाई नेपाली म्यारोडोना समेत भन्ने गरिएको छ ।

पूर्व खेलाडी तथा फुटबलप्रेमीहरुले शाहलाई नेपालका अहिलेसम्मकै उत्कृष्ट खेलाडीका रुपमा सम्झना गरेका छन् । शाहको उत्कृष्ट प्रदर्शनमा सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको थियो । शाहको ५१ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);