सुनसरी-११ उदयपुर गोल्डकपको सेमिफाईनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनसरी-११ उदयपुर गोल्डकपको सेमिफाईनलमा

उदयपुर, १ जेठ । पुलिस क्लबलाई हराउँदै सुनसरी ११ उदयपुर गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा टाइब्रेकरमा ३–२ गोल अन्तरले पुलिसलाई पराजित गर्दै सुनसरी ११ सेमिफाईनलमा प्रवेश गरेको हो ।

सुनसरीका लागि रोमन लिम्बु, बुद्धिमान राई र निसान लिम्बुले गोल गरेका थिए । पुलिसका लागि अविसेक रिजाल र रजिन सुब्बाले गोल गरे । निर्धारित समयमा दुबै टिमले तीन तीन गोल गरेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।

प्रतियोगीताको म्यान अफ दि म्याच सुनसरी ११ का कप्तान विनय श्रेष्ठ घोषित भए । बुधबार पहिलो सेमिफाईनलमा झापा ११ र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);