संकटा क्लब आहा रारा गोल्डकपको फाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

संकटा क्लब आहा रारा गोल्डकपको फाईनलमा प्रवेश

पोखरा, २५ चैत । संकटा क्लब आहा रारा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनलमा शसस्त्र प्रहरीको एपीएफलाई २–० गोल अन्तरले हराउँदै संकटाले फाइनलमा पुगेको हो ।

संकटाको जितमा सुबास गुरुङ र विदेशी खेलाडी ग्लोरीले एक एक गोल गरे । दोस्रो सेमीफाइनलमा बिहीबार नेपाल पुलिस क्लब र अफ्रिकन रुट्स एसोसियसनबीच खेल हुनेछ । यो प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार र उपविजेताले नगद ५ लाख १ हजार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);