राखेपका पूर्व सदस्य-सचिव सिंहको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राखेपका पूर्व सदस्य-सचिव सिंहको निधन

raj bahadur

काठमाडौं, १३ असार । राष्ट्रिय खेलकुद परिषद् राखेप का पूर्व सदस्य सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ । दमको रोगबाट पीडित राखेपका सातौं सदस्य सचिव सिंहको शुक्रबार राति निधन भएको हो ।

सिंहले २०४८ देखि २०५० सम्म सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए । सिंह नेपाली फुटबलको पहिलो पुस्ताका खेलाडी समेत हुन् । नेपाली राष्ट्रिय फुटबल टिम सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता आगा खा गोल्डकपमा सिंह टिमका सदस्य थिए । प्रतियोगिता सन् १९६३ मा बंगलादेशको ढाकामा भएको थियो ।

नेपाली फुटबलले पाएका उत्कृष्ट खेलाडीमध्ये सिंह पनि एक हुन् । नेपाली फुटबलमा उनले एनआरटी र विद्याब्यायाम मन्दिरबाट खेलेका थिए । स्वर्गीय सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहका श्रीमती, दुई छोरा र छोरी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);