त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सावर्जनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सावर्जनिक

काठमाडौं, ३ चैत । अखिल नेपाल फुटबल संघ एन्फाले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सावर्जनिक गरेको छ । एन्फाले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका मंगलबार सावर्जनिक गरेको हो ।

खेल तालिका अनुसार दशरथ रंगशालामा हुने प्रतियोगिता चैत ९ देखि १७ गते सम्म हुनेछ । नेपालले पहिलो खेलमा किर्गिस्तानको २३ बर्षमुनिको राष्ट्रिय टोलीसँग चैत १२ गते खेल्ने छ ।

चैत ९ गते प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुने छ । नेपालको दोस्रो खेल चैत १४ गते बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । सबै खेल दशरथ रंगशालामा फल्र्डलाइटमा हुनेछन ।

फिफा विश्वकप छनौटका खेलहरु स्थगित भएपछि एन्फाले खालि रहेको सो समयमा यो प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताका लागि बंगलादेश र किर्गिस्तान चैत ८ गते नेपाल आइपुग्नेछन् । उनीहरुको नेपालमा कोरोना परिक्षण हुनेछ । त्यसपछि मात्र प्रशिक्षणमा सहभागि हुन पाउनेछन ।

यो प्रतियोगिता सकिएपछि दशरथ रंगशालामा नै नेपाल सुपर लिग आयोजना हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);